करौडोको जग्गा विधालयलाई दान, गाउलेमा उत्साह
878 Views
शम्भु चौधरी सिरहा २४ फाल्गुन । सिरहाको धनगढीमाई नगरपालिका ३ मा रहेको श्री सरस्वति आधारभुत विधालय मेदनीपुर तुलसीपुरले ३२ वर्ष पछि जग्गा धनि प्रमाण पुर्जा पाएका छन् । प्रमाण पुर्जा पाएपछि विधालय परिवार र स्थानिय गाउँलेहरु खुसिले गद गद भएका छन् ।
२०४६ सालमा स्थापित भएका विधालय ३२ वर्षसम्म कुनै व्यक्तिको नाममा रहेको जग्गामा संचालन रहेको थियो । विधालय परिवार, टोल सुधार समीति र गाउँलेको अथक प्रयासबाट जग्गा धनि पुर्जा प्राप्त भएको मेदनिपुर, तुलसिपुर टोल सुधार समीतिका अध्यक्ष नन्दिलाल चौधरीले बताए ।

विधालय रहेको जग्गा काठमाडौँ निवासी किरणमनि दिक्षितका छोरा द्धय कन्चनमनि दिक्षित र कपिलमनि दिक्षितको नाममा रहेको ८ कठ्ठा ४ धुर जग्गा करिब ८ करोड मुल्य बराबरको विधालयलाई हस्तान्तरण गरेको टोल सुधार समीतिका अध्यक्ष चौधरीले बताए ।
जग्गा दाता दिक्षितले भने यो गाउँ प्रति मेरो पुर्खौ देखिको लगाव छ । म धेरै नै खुसी छु । मैले दिएको जग्गामा विधालय निर्माण भएपछि यहाँका वालवालिका शिक्षित हुन्छ । यहाँका गाउँलेहरुको उत्साहबाट म धेरै नै खुसी छु ।

विधालय कक्षा ५ सम्म संचालन रहेको छ । ३ दरवन्दि, २ राहत र २ वालविकास गरि ७ जना शिक्षक शिक्षिका रहेका छन् भने १ सय १ जना विधार्थी रहेका विधालयका प्र. अ. ननु लोगीले बताए ।
प्रदेश सभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्यम कार्यक्रम भएको थियो भने विधालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव सदायको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस