नेपाल तामाङ्ग महिला घेदुङ्ग महानगर समितिद्वारा अन्तरक्रिया कार्यक्रम,
817 Views

कास्की, २४ फागुन खोज मिडिया । सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकाशको सुनिश्चितता ‘११२ औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको आयोजित सम्मान एवम अभिनन्धन साथै राज्यको नीति निमार्णता आदिवाशी जनजाति महिलाको भूमिका विषयमा’ “नेपाल तामाङ्ग महिला घेदुङ्ग महानगर समिति”द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रमको सभाध्य्क्ष पवित्र तामाङ्ग रहेको थियो । सोहि कार्यक्रमको प्रमुख अतिथि ‘आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष राज कुमारी भुजेल रहेको थियो ।’ त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल तामाङ्ग घेदुङ्ग महानगर समितिका अध्यक्षा टेक बहादुर तामाङ्ग(स्याङ्गबो), बौद्ध आमा समुहको अध्य्क्ष विष्णु तामाङ्ग(योञ्जन),आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय समिति कास्कीका सचिव मिनमाया तामाङ्ग(डुमजन) गरि विभिन्न संघ-सस्थाका पदाधिकारीहरुको बाग्लो उपस्थित भएका थिए ।
“त्यसैगरि कार्यक्रममा नेपाल तामाङ्ग महिला घेदुङ्गका निवर्तमान अध्य्क्ष डिलमाया तामाङ्ग(स्यान्ग्बो) लगाएतका पदाधिकारिहरुलई दोसल्ला ओडाई मायाको चिनो प्रधान गरि सम्मान गरिएको थियो भने, वैदाम तामाङ्ग समाजद्वारा आयोजित पोखरा मिस तामाङ्ग का बिजेता मान्सि तामाङ्ग, पुजा तामाङ्ग र दर्शकहरुको रोजाईमा रहेको पेमा तामाङ्ग लागाएतलाई मायाको चिनो सहित सम्मान गरिएको हो ।”
श्रमिक महिला दिवसको अवसरमा गरिएको कार्यक्रममा विभिन्न पदाधिकारीहरुद्वारा शुभकाना संगै नेपालको संविधानमा महिलाहरुको हितमा ३३ प्रतिशत महिलाअधिकार रहेता पनि लिखितमा मात्रै रहेको र व्यवहारमा उतार्न अझै पनि कठिनाई रहेको विषयलाई मध्यनजर गरि पुष्टि पारेको छ । “यस विषयलाई लिएर प्रमुख अतिथि राज कुमारी भुजेलले १९१० मा कपडाको टुक्राबाट सुरुवात भएको नारि दिवस अहिले सम्म आईपुग्दा पनि अझै नारीहरुले आफुलाई आवस्यक अधिकार प्राप्त नभएको पुस्टि पारे ।”
“विशेष गरि जनजातिहरुले शिक्षा,चेतना,क्षमतालाई अविवृद्धि गरि हरेक संघ-संस्थामा नेतृत्व गरि आफुलाई सक्षम गर्नुपर्छ” भुजेलले भने!
सोहि कार्यक्रमलाई समापन भएको घोषर्णा गर्दै अब आउने चैत ९ गते तामाङ्ग भाषाको कक्षा सुरुवात हुने पनि उक्त कार्यक्रमका सभाध्य्क्ष पवित्र तामाङ्गले जानाकारी दिईन । यस कार्यक्रम निमा तामाङ्गले संचालन गरेकी हुन् ।
कार्यक्रमको प्रायोजक:
१.श्याम तामाङ्ग (कोरिया)
२.समिक्षा तामाङ्ग(भण्डारढिक)
३.मेख तामाङ्ग (स्याङ्ग्बो)सिदिङ्ग,
प्रतिक्रिया दिनुहोस