पोखराका पूर्व मेयर गणेश शेरचनको नि*धन
337 Views
कास्की,२२ फागुन खोज मिडिया । पोखरा नगरपालिकाका पूर्व मेयर राप्रापाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा नि*धन भएको छ । शेरचनले पोखरा भित्र रहेर पत्रकारिता समेत गरेका थिए ।
मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्र्याँड्डी अस्पतालमा उपचारको क्रममा नि*धन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ब्बताये । शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व,भन्दै उनको नि*धनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्ष*ति पुगेको समेत बताए ।
पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए भने त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका हुन् । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री समेत बनेका थिए ।”शेरचनको पशुपति आर्यघा*टमा अन्तिम संस्कार गरिने पारिवारका स्रोतले जनाएको छ । शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी रहेका छन् ।
पोखरा अर्चलबोट स्थित रहेका शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति पनि भएका थिए । त्यति बेला उनी कम्युनिस्ट पार्टीसँग नजिक थिए, पछि उनी पञ्चायतको समर्थक भएका हुन् । पञ्च भइकन पनि उनी उदारवादी र उनी पोखराको मेयर हुँदा उनीको स्वच्छ छवि समेत रहेको थियो ।
“तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको नि*धनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्ष*ति पुगेको राप्रपाले जनाएको छ। उनी तत्कालीन राप्रपा नेपालको संस्थापक महामन्त्री समेत थिए । राजाको प्रत्यक्ष शासनकालमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक पनि हुन”।
“शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री थिए”। राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासक थिए भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको नि*धनबाट आफू दुःखी र स्तब्ध भएको समेत पुष्टी गरेको छ ।





प्रतिक्रिया दिनुहोस