शिक्षकले पाईपले कुटे विद्यार्थी, घाईते विद्यार्थी अस्पतालमा
582 Views
म्याक्दी, २२ फागुन खोज मिडिया । विद्यालयमा विद्यार्थी अध्यन गर्नको लागि गईन्छ । बिहान सहिसलामत स्कुल गएको विद्यार्थी स्कुलमा शिक्षकको कुटाईले घाईते भएर घर फर्कनु हुँदैन । चाहे गल्ति विद्यार्थीको होस् या कुनै नकारात्मन काम गरियोस,अनुशासित हिन बनोस तर विद्यार्थीलाई कुट्न भने हुँदैन ।
एस्तो विद्यालय पनि छन कि जुन विद्यालयमा विद्यार्थीले शिक्षकको पिटाई बाट घाईते भई उपचारको लागि पोखरा पुगेको छ । यदि विद्यार्थीले गलत कार्य गरे अर्थात् अपराध नै गरिएछ, भने पनि कानुन बमोजिम अनुसन्धान गरि कारवाही गर्न सक्ने निकाय नेपालको कानुनमा उल्लेखित छ । कारण जस्तो सुकै होस् तर विद्यार्थी कुट्न भने पाईदैन ।
यी सबै कुराको सुविधा छ भन्दैमा विद्यार्थीले हामीलाई केहि गर्न मिल्दैन , केहि भन्न पाउदैन भनि अनुशासनको पालना नगर्ने, स्कुल को विपरित नकारात्मक क्रियाकलाप भने गर्न हुँदैन ।
गत शुक्रवार म्याक्दी जिल्ला, बेनिनगरपालिकामा रहेको प्रकाश माद्यमिक विद्यालयमा अध्यनरत एकजना विद्यार्थी (राजन पौडेल)लाई त्यहाँ अध्यापन गराउने एकजना शिक्षकले पाईपले नि*र्घात कुटपिट गरेको र त्यसपछि म्याक्दी जिल्लाको स्थानीय अस्पातालमा भर्ना भएको चारदिन पछाडी पोखराको मणिपाल शिक्षर्ण अस्पातालमा थप उपचार भईरहेको जनाएको छ ।
“कक्षा कोठामा पछाडिबाट कागज पोकोपारी डस्बिन्मा फ्याक्ने क्रममा ति शिक्षकलाई झुक्किएर लागेको विषयलाई लिएर शिक्षकले विद्यार्थी पौडेललाई “नेपाल टप” पाईपले कक्षाकोठा भित्रै कुटेर पनि फेरी पाइपले घोच्दै मेरो कक्षा कोठामा नबस बाहिर निस्की भन्दै बाहिर निकालेर दाँत किटाउँदै नि*र्घात कु*टपि*ट गरे यदी साथीले नबचाएको भए मलाई मारिहाल्थे।” घाईते विद्यार्थी पौडेलले संचार कर्मीलाई बताएका छन ।
“घा*ईते विद्यार्थीको शरीर पछाडी, घाँटीमा र टाउकोमा घ*म्भिर चो*ट लागेको बताएको छ ।” “अहिले ति घा*ईते विद्यार्थीको दिमागले काम गर्न छाडेको जस्तो, दिमागले के सोचिन्छ भन्ने कुरा पत्तो समेत नहुने र मरिन्छ कि बाँचिन्छ थाहा नै छैन ।”, भन्छन घा*ईते विद्यार्थी पौडेल ।





प्रतिक्रिया दिनुहोस