कुन-कुन ठाउँमा साँझ ७ बजेसम्म कर्फ्यू आदेश ठूलो संख्यामा प्रहरी परिचालन,
924 Views
काठमाडौँ, १७ फागुन खोज मिडिया । संसदबाट एमसिसी पारित भएको वि*रोधमा भएको आ*न्दोलनले उ*ग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा आज बेलुका ७ बजेसम्मका लागि क*र्फ्यू आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्र*हरी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्। प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरूमै आगजनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको रिजालले बताए ।
उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको रिजालले जानकारी दिएका छन ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका ६ राजनीतिक दलले सोमबार बन्द आह्वान गरेका थिए । बन्द सकिएपछि केही समूहले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको रिजालले बताए ।





प्रतिक्रिया दिनुहोस