समाजसेवी तथा राजनितिज्ञ विनिता खड्काद्धारा श्री कृष्णपुरी मा.वि. को नेपाल भारत मैत्री भवनमा CC क्यामेरा सहयोग
1145 Views
रोमन लामा (क्षितिज)
रामेछाप फाल्गुण १५ खोज मिडिया। रामेछाप जिल्ला सुनापति गाउँपालिका स्थायी घर भएकी समाजसेवी तथा राजनितिज्ञ विनिता खड्का राजनीतिक क्षेत्र र समाज सेवाको क्षेत्रमा चम्किला नक्षत्र बन्नु भएको छ। उहाँले केहि दशक यता राजनीतिक क्षेत्रको साथसाथमा समाजसेवालाई अघि डोर्याउनु हुँदै अघि बढी रहनु भएको छ। समाजसेवाको क्रममा सामाजसेवी तथा राजनीतिज्ञ खड्काले आफ्नो व्यक्तिगत लगानीमा विभिन्न सामुदायिक विद्यालयहरुमा CC क्यामेरा जडान, ट्रयाकसुट वितरण, कम्प्युटर वितरण र स्टेसनरी सामाग्री वितरण जस्ता सहयोगका कार्यहरू गर्नुहुदै अघि बढीरहनु भएको सर्वावितितै छ।
यसै क्रममा यो भन्दा अगाडी श्री कृष्णपुरी माध्यमिक विद्यालय, सुनापति-५, रूपाकोटको अफिस कोठा व्यवस्थापन गर्नका लागि अफिसियल टेवल किन्न आर्थिक सहयोग गर्नु भएको थियो। त्यस लगतै गत वर्ष रास्ट्रपति रनिङ्ग शिल्डमा कृष्णपुरी माध्यमिक विद्यालय, सुनापति-५, रूपाकोट, रामेछापबाट सहभागीता जनाउन जाने खेलाडी विद्यार्थीहरूलाई जर्सी सहयोग गर्नु भएको थियो।
सदाझै यो वर्ष पनि भर्खरै निर्माण कार्य सम्पन्न भएको श्री कृष्णपुरी माध्यमिक विद्यालय, सुनापति-५, रूपाकोटको १५ कोठे नेपाल भारत मैत्री भवनमा १६ थान CC क्यामेरा जडान गरिदिनु भएको छ । कृष्णपुरी माध्यमिक विद्यालयका प्र.अ. राम बहादुर तामाङले हाम्रो विद्यालयलाई बेलाबेलामा सहयोग गरिदिनु हुने सामाजसेवी तथा राजनीतिज्ञ विनिता खड्कालाई मुरी मुरी धन्यवाद व्यक्त गर्नु भएको छ।








प्रतिक्रिया दिनुहोस