बलिउडका अभिनेत्री “रिया पिल्लई” घरेलु हिंसाको सिकार बने
834 Views
एजेन्सी, १५ फागुन खोज मिडिया । बलिउड अभिनेत्री तथा मोडल “रिया पिल्लई”माथि घरेलु हिंसाको आरोपमा अदालतले टेनिस खेलाडी लिएण्डर पेसलाई दोषी ठहर्यायो । यो मामलामा उनलाई अभिनेत्रीलाई मुआब्जा दिन पनि आदेश दियो ।
रियाले सन् २०१४ मा लिएण्डर विरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन् । रियाजस्तैं यस्ता कैयौं टेलिभिजन अभिनेत्री छन्, जसले आफ्नो वैवाहिक जीवनमा घरेलु हिंसाको सामना गर्नुपरेको जनाएको छ ।
“यहि कारण ती अभिनेत्रीहरूले वैवाहिक सम्बन्ध तोड्नु समेत परेको थियो । यो सूचीमा (कसौटी जिन्दगीकी) की स्वेता तिवारीदेखि (तप्पू)का रुपमा घर-घरमा पहिचान बनाएकी रश्मी देसाईसम्मको नाम रहेको छ ।”
घर-घरमा (तपस्या)को रुपमा पहिचान बनाएकी अभिनेत्री रश्मी देसाईले आफ्नो सह*कलाकार नंदिश संधुसँग विवाह गरेकी थिइन् । उनले एक अन्तर्वार्तामा आफूले वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन चाहे पनि नंदिशको व्यवहारले सबै बिग्रिएको खुलासा गरेकी थिइन् ।
टेलिभिजनकी लोकप्रिय अभिनेत्री श्वेता तिवारीले परिवारको चाहनाविपरित राजा चौधरीसँग प्रेम विवाह गरेकी थिइन् । तर, राजाले घरेलु हिंसा र मानसिक उत्पिडन गरेपछि अभिनेत्रीले उनीसँग सम्बन्धबिच्छेद गरिन् । त्यसपछि श्वेताले अभिनव कोहलीसँग विवाह गरिन् । तर, उनीसँग पनि वैवाहिक जीवन सफल हुन सकेन ।





प्रतिक्रिया दिनुहोस