भव्यताका साथ सम्पन्न भयो रामेछापको रूपाकोटमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम
780 Views
रोमन लामा (क्षितिज)
रामेछाप १५ फाल्गुन खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नं-५ मा रहेको रुपाकोटको देवीस्थान डाँडामा नेपाल तामाङ घेदुङ सुनापति-५ द्धारा आयोजित ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सो कार्यक्रम पालिका प्रमुख धावा लामाको प्रमुख आतिथ्यमा भएको थियो। उक्त कार्यक्रममा स्थानीय लामा, बोंबो र ताम्बा द्धारा साँस्कृतिक झाँकी प्रदर्शनी भएको थियो। सो कार्यक्रममा गायक गायिकाहरूको बेजोड प्रस्तुति रहेको थियो। ड्रयागन स्टुडियो नयाँ बस्ति काठमाण्डूको नृत्य पनि आकर्षणको केन्द्र बनेको थियो।










प्रतिक्रिया दिनुहोस