हिलसाइड इङ्लिस स्कूलमा २७औ वार्षिकोत्सब तथा पुरस्कार वितरण
438 Views
कास्की, १४ फागुन खोज मिडिया । हिलसाइड इङ्लिस स्कूलमा २७औ वार्षिकोत्सब तथा पुरस्कार वितरण २०७८ कार्यक्रम सम्पन्न ।
हिलसाइड इङ्लिस स्कूल मा आज मिति २०७८|११|०७ गते शनिबार अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस को शुभ अबसरमा बिधालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पिताम्बर अधिकारीको अध्यक्षतामा पोखरा -५ , मालेपाटन स्थित बिद्यालय प्राङ्गणमा विद्यालय को २७ औ वार्षिकोत्सब तथा पुरुस्कार वितरण कार्यक्रम सुसम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख तथा गण्डकी प्रदेश कै शैक्षिक ब्यक्तित्व डा• सरोज कोईरालाले गर्नका साथै शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
उक्त कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सञ्चालक तथा ईन्चार्ज नारायणप्रसाद भण्डारीले र विद्यालय का कक्षा ७ का विद्यार्थीहरुले सरस्वती वन्दना द्धारा स्वागत गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं ५ की कार्यबाहक अध्यक्ष श्री हरिमाया बिश्वकर्मा लगायत विद्यालयका निर्देशक श्री लिला प्रसाद पराजुली र बिभागीय प्रमुख श्री सन्तोष लामिछानेले शुभकामना मन्तव्य राख्नु भएको थियो।
विद्यालयमा शैक्षिक सत्र २०७६|७७ को बार्षिक शैक्षिक पुरस्कार वितरण गरिएको थियो भने खेलकुद कार्यक्रम २०७८ को पुरस्कार वितरण झण्डै ४८५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो। बार्षिक खेलकुदमा निलो सदनले उत्कृष्ट मेडल हात पार्न सफल भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अनुशासन विभाग प्रमुख श्री मिन प्रसाद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रम समापन विद्यालयका प्राचार्य श्री बिष्णु हमाल सरले गर्नुभएको थियो।






प्रतिक्रिया दिनुहोस