२० वर्ष मुनिका ७ जाेडीले शैक्षिक शत्रमा विद्यालयमै विवाह,
607 Views
बाग्लुंग, १४ फागुन खोज मिडिया । बाग्लुङकाे तमानखाेला गाउँपालिकाले बालविवाह न्युनिकरण अभियान विगत चार वर्ष देखि गर्दै आएका छन् । पालिकामा २० वर्ष मुनिकाे उमेर समुहमा विवाह गर्नेहरु अहिले पनि अधिक रहेकाे छ ।
“अभियानकै रुपमा न्युनिकरण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहे पनि त्यसले सार्थकता भने नपाएको स्थानीय बताउछन् । तमानखाेला गाउँपालिका वडानं ५ खुनखानीमा रहेकाे शान्ति मा.वि.का २० वर्ष मुनिका ७ जाेडीले यसै शैक्षिक सत्रमा विवाह गरेका छन् । त्यसमा पनि एउटै कक्षबाट तीन जाेडी रहेका छन् । उनीहरु सबै १६ वर्ष देखि १९ वर्ष सम्मका छन् ।”
“विद्यलय स्तरमा बालविवाह न्युनीकरण अभियान चलिरहदा कम उमेरमा विवाह गर्नु हुदैँन भन्ने जानेबुजेका र थाह पाएकै विद्यार्थीले विवाह गरेपछि अविभावक र स्कुल प्रशासनमा चुनाैती थपिएको देखिन्छ ।”, “स्थानीय वासिन्दा बताउछन- बालविवाहकाे दलदलमा फसेको देखिन्छ यस विद्यालय र त्यस विद्यालयमा जनजाति र दलित बढि बहुलियता भएकाे कारणले पनि बालविवाह बढि हुन सक्ने स्थानीय बताउछन् ।”
“कक्षा ६ देखि १० कक्षा सम्मका छात्र-छात्रा विच कानुन विपरीत विवाह गरेकाे बताउछं।” गाउँपालिकाले बालविवाह गर्नेहरुकाे उजुरी लिएर विवाह बदल गरिदिने ,सम्झाएर पठाउँने देखि लिएर सम्बन्ध विच्छेद गराउने सम्मकाे भुमिका खेल्दै आएकाे छ । अविभावकले समेत यस विषयमा साथ दिईरहेका छन्, तर कम उमेरमा विवाह गर्नेहरुमा चेतनाको विकास नहुँदा समस्या नसुल्झिएकाे अविभावककाे बुझाई रहेकाे छ ।
“बालविवाह गर्नेलाई तत्काल हुने कानुनी कार्वाही पनि फितलो भएकाे विद्यालय व्यवस्थापन समिति बताउछ ।” एउटा विद्यार्थीलाई कार्वाही गर्दा केही फरक पर्दैन ता कि एउटा विद्यार्थीलाई कार्वाही गर्दा सयाैँकाे भविष्य बन्छ भने का*र्वाहीकाे दायरामा ल्याउन समितिले एक्सन लिनुपर्ने बताउछन् ।,
विद्य्यालयमा अध्यनरत १३/१४ वर्षका किशाेर-किशोरी एक पछि अर्काे गरि विवाह बन्धनमा बाँधिएका छन् । कत्तिपयले विवाह पछि स्कुल छाेडेका छन् भने कतिपय भने अध्यनरत छन् । कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने थाह पाएर पनि प्रेम गरेर स्कुलबाटै विवाह गर्नेहरुकाे सङ्ख्या बढिरहे पछि अविभावक चिन्तामा छन् । “विवाह गरे हुनेरहेछ भन्दै १३/१४ वर्षको उमेरमै लभ गर्ने अनि २/४ महिनामै विवाह गर्ने गरेकाे स्थानीय वासिन्दा बताउँछन् ।”
“गाउँपालिकाले यहि समस्यालाई मध्यनजर गरि बालविवाह न्युनिकरण सम्बन्धि स्कुल-स्कुलमा प्रशिक्षण, सडक नाटक र विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएकाे छ,तर समस्या कम हाेला भन्दा बढेर जादा अभियानकाे सार्थकतामा प्रश्न उठिरहेकाे छ ।” शिक्षाको कमिले गर्दा समस्या बढेकाे र कानुनमा उल्लेख गरिएको कुरालाई व्यवहारमा परिवर्तन गर्न नसक्दा बालविवाह बढेकाे गुनासाे स्थानीय बताउछन् । सचेतना अभियान या कार्यक्रमले नितिगत कुरा समेटिएको भएपनि किशोर-किशोरीकाे मानसिकतामा छाप छाेडेकाे छैन । यसले मुलत अविभावकलाई बढि चिन्तिक बनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस