“पल-समीक्षा” प्रकरणमा दुर्गेशलाई ध*क्का महोत्सवबाट निस्कासन
417 Views
काठमाडौँ, १३ फागुन खोज मिडिया । चर्चित गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ। अभिनेता पल शाहको के*समा जोडिएपछि १३ गते शुक्रबारबाट सुरु भएको (सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको छ )।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको छ । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।
तर ,अभिनेता पल शाहको प्रक*रणमा वि*वादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताएका छन । (महोत्सवमा सर्वसाधारणको भी*ड हुने गर्दछ । त्यो भीडमा दुर्गेश माथि हातपात भयो भने हामी सुरक्षा दिन सक्दैनौ) जोशीले भने! (पब्लिक तथा उनको सुरक्षा दुबै कुरामा ध्यान राखेर हटाइएको बताएका छन ।
“संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकले जनाएको छ ।” महोत्सवमा देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने भएकाले महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।





प्रतिक्रिया दिनुहोस