बागलुङका किसानहरुले खेती गरिरहेको माटोको स्वच्छता परीक्षण
579 Views
बाग्लुङ्ग, १३ फागुन खोज मिडिया । बागलुङका किसानहरुले आफूले खेती गरिरहेको माटोको स्वच्छता परीक्षणका लागि पोखरा धाउनुपर्ने थियो । आफ्नो माटोको स्वस्थ्य थाहा पाउन आफ्नो खेतीयोग्य जमिनको माटो प्रयोगशालामा परीक्षणपश्चात् मात्रै पत्ता लाग्दछ ।
त्यसैले अहिले किसानहरु माटो परीक्षण गरेर मात्रै कुन खेती उपयुक्त हुन्छ भनेर योजना बनाउँछन् तर विडम्बना जिल्लामा अहिलेसम्म माटो परीक्षण प्रयोगशाला रहेका छैनन । फ्याट्टफुट्ट स्थानीय तहले पोखराबाट प्राविधिक बोलाएर माटो परीक्षण शिविर आयोजना मात्रै गर्ने गरिएकामा अब बागलुङमै नियमित माटो परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको जनाएको छ ।
उनका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को रु तीन लाख ५० हजार बजेटबाट प्रयोगशालाको सामग्री खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला जिल्लामै पहिलोपटक स्थापना गरेको नगरपालिकाको भनाइ रहेको छ ।
विशेषगरी माटोको अम्लीय, झारीय र तटष्टीय बढी परीक्षण गरिनेछ । माटोको परीक्षणपश्चात् कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हन्छ भनेर किसानलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधिसमेत सिकाइनेछ ।
“प्रयोगशालाले माटोमा रहेको १६ सूक्ष्म तत्वको अध्ययन गर्छ, त्यसको मात्राका आधारमा किसानले खेतीका लागि प्रयोग गर्ने मलको मात्रा, माटोमा आवश्यक खाद्य तत्वको विषयमा अध्ययन गर्न सकिन्छ,” उनले भने। “विशेषगरी माटोको आवश्यकता अनुसारमा मल प्रयोग गर्ने जसकारण उब्जानीमा वृद्धि हुन्छ। कुन माटोमा कुन खेती हुन्छ भनेर किसानलाई सल्लाह सुझाव दिनका लागि माटोको परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो ।”
यसअघि पोखराबाट माटो परीक्षण गर्दै आएकामा अहिले नगरपालिकामै माटो परीक्षण गर्न पाउँदा निकै खुसी लागेको र अनावश्यक खर्चसमेत कटौती भएको बागलुङ नगरपालिका–१० स्थित आलुपकेट क्षेत्रका किसान मनोज गर्बुजा थापाले बताए ।
अहिले माटोमा आउने विभिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि बागलुङमै माटो परीक्षणको व्यवस्था गर्नका लागि प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । “हचुवाको भरमा तरकारी खेती र फलफूल खेती गर्दा समस्या हुन्छ, कुन माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ, माटोको स्वास्थ्य कस्तो छ लगायतको कुरा अब नगरपालिकाको कृषि शाखाबाटै हुन्छ,” नगरप्रमुख पौडेलले भने, “सानो लागतमा स्थापना हुने प्रयोगशाला जिल्लामै नभएको मैले जानकारी पाएपछि नगरपालिकाको कृषि शाखालाई बजेट व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको छ, अब किसानलाई जिल्लामै माटो परीक्षण गर्दा सहज हुनेछ ।”
माटोको खाद्य तत्व, अम्लीयपन र माटोको समस्याका विषयमा माटोको परीक्षणपश्चात् मात्रै पत्ता लाग्ने भएकाले अहिले माटा ेपरीक्षण प्रयोगशालाको निकै महत्व छ । बागलुङको कृषि ज्ञान केन्द्रमा समेत माटो परीक्षणकोे व्यवस्था नहुँदा किसानलाई माटो परीक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यता बागलुङ नगरपालिकाको कृषि शाखामा स्थापना गरिएको माटो प्रयोशाला स्थापनासँगै हेटर गएको छ । अहिले दैनिक १० जना किसानको माटो परीक्षण नगरपालिकाको कृषि शाखाबाटै हुँदै आएको छ ।
कृषि उपजलाई बढाउँदै माटोको अवस्था अनुसारको उत्पादन गर्न र माटोको उपचार गर्नका लागि माटोको परीक्षण गर्न बागलुङ नगररपालिकाले हालै माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषिमा आधुनिकीकरण, किसानको हितका लागि, माटोमा समस्या समाधान देखिएको, उब्जाउ घट्दै गएको, माटोको परीक्षण र उपचार गर्नका लागि बागलुङ नगरपालिकाको कृषि शाखामा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाको कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिएका छन।
माटोको परीक्षण बिनै तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र नोक्सानी हुनबाट जोगाउन माटो परीक्षण र उपचार नै प्रमुख कुरा रहने किसान थापाले जानकारी दिए । फागुन १० गतेदेखि माटोको परीक्षण गर्न थालिएको र जसका लागि प्राविधिकहरुले माटो परीक्षणको तालिम लिइसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस