ईलामको चिया बगानमा अति*क्र*मण बढ्न थाले
432 Views
ईलाम, १३ फागुन खोज मिडिया । कन्याममा मात्र चिया बगानको करिब २० हेक्टर जमिन रहेको छ । विसं २०५४ मा तत्कालीन सरकारको अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका सात चिया बगान भारतको त्रिवेणी सङ्घाई ग्रुपलाई भाडामा दिएको थियो ।
इलामको कन्याम चिया बगानमा अ*तिक्र*मण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अ*तिक्र*मण गर्न थालेपछि सुरक्षाका लागि प्र*हरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अति*क्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रह*रीले सुरक्षा दिन थालेको छ ।
गएको माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो । अर्थ मन्त्रालयकोे पत्रपछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिएको बताइएको छ ।
इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सरकारको परिपत्रअनुसार सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । उनले तत्काल दुवै पक्षलाई उक्त स्थानमा कुनै गतिविधि नगर्न भनिएको जानकारी दिए ।
निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही दिनअघि नै बन्द गरेको थियो । सडक बन्द गरे पनि जर्बजस्ती निर्माण गर्न खोजेको भन्दै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताइएको छ ।
बगान व्यवस्थापन पक्षले पर्खाल लगाउने काम गरेको भए पनि स्थानीय तारा नेपालको नेतृत्वमा एक समूहले उक्त पर्खाल भत्काएको कन्याम चिया बगानका प्रबन्धक सचिन सुब्बाले जानकारी दिए । अर्थ मन्त्रालयले सूर्योदय नगरपालिकामा सडक निर्माण गर्दा १५ रोपनी र पाल्टागेमा व्यक्तिले १७ रोपनी जमिन अति*क्रमण गरेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस