काभ्रेमा को*रो*ना स*ङ्क्र*मण दर शून्यमा झर्दै
382 Views
काभ्रे, १३ फागुन खोज मिडिया । काभ्रेपलाञ्चोकको सात स्थानीय तह को*रोना स*ङ्क्र*मण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका को*रो*ना स*ङ्क्र*मण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप स*ङ्क्र*मीत देखिएको छैन ।
को*रोना स*ङ्क्र*मण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् ।
पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक-एक सक्रिय स*ङ्क्र*मित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र “डिसिसिएमसी”ले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप स*ङ्क्र*मण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्लामा हाल १६ सक्रिय स*ङ्क्र*मित मध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार स*ङ्क्र*मित रहेको पाइएको र यसअघिका केही दिनसम्म स*ङ्क्र*मणदरभन्दा स*ङ्क्र*मण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।
जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ स*ङ्क्र*मण मुक्त भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस