टिपर दु*र्घ*टना हुँदा दुईको मृ*त्यु, दुई घा*इते
475 Views
रूकुम, १२ फागुन खोज मिडिया । पूर्व को रुकुम जिल्ला भूमे गाउँपालिका- ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर दु*र्घट*ना हुँदा दुई जनाको मृ*त्यु भएको छ।
मृ*त्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे- ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिएका छन ।
उपचारका क्रममा उनीहरूको मृ*त्यु भएको प्र*ह*री निरीक्षक बाँनियाले बताए। दु*र्घट*नामा दुई घा*इते भएका छन ।निरीक्षक बाँनियाका अनुसार उनीहरू लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए। सोही कन्स्ट्रक्सनकै टिपरले ढुंगा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरूलाई कुल्चिएको बताएका छन ।
घा*इते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनियर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी छन्।





प्रतिक्रिया दिनुहोस