बिस्कुट खान तँछाडमछाड गर्छन् पशुपतिमा राखिएका मृग
604 Views
काठमाडौँ, ११ माघ खोज मिडिया । पाशुपति परिसरमा रहेको मृगस्थलीमा फलामे जाली भित्र मृगहरू राखिएका छन्। हिन्दु धर्म परम्परा अनुसार पुन्यभूमि मृगस्थलीमा पशुपति क्षेत्र विकास कोषले यी मृगको संरक्षण गर्दै छन ।
तर यहाँका मृग बस्ने ठाउँ मृग बस्ने जस्तो भने छैन। रूख झारपात अथवा घाँसे झाडी हुनुपर्नेमा सुख्खा धुलाम्मे ठाउँ देख्न सकिन्छ। यी मृगलाई कोषले दैनिक तीन पटकसम्म घाँस, दाना र चोक्कर दिने गरेको पाइन्छ ।
मृगहरू जालीको छेउछाउ मानिसहरुले खाने कुरा दिने आशामा आएका हुन्छन्। यहाँ घुम्न आउने मानिसहरू बिस्कुट किनेर मृगलाई दिन्छन्। मृगहरू बिस्कुट खान मानिसहरू छेउछाउ आउने बित्तिकै खानका लागि तछाडमछाड गरेर छेउमै आउँने गर्छन ।
मृगस्थलीको छेउछाउ बिस्कुट बेच्ने ब्यापारीहरू पनि थुप्रै छन्। उनीहरू पनि नयाँ मानिस देख्ने बित्तिकै बिस्कुट किनेर दिनुहोस् भन्न आइहाल्छन्। मृगलाई बिस्कुट खान जस्तै उनीहरूलाई पनि आ-आफ्नो बिस्कुट बेच्न हतार देखिन्छन । दैनिक सयौं प्याकेट बिस्कुट मृगलाई खुवाउन बेच्ने गरिएको एक ब्यापारीले बताए।(‘मृगले घाँसभन्दा धेरै बिस्कुट खान्छ)बिस्कुट ब्यापारीले बताए ।





प्रतिक्रिया दिनुहोस