‘न*क्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ समाचार गलत रहेको दाबी
973 Views
काठमाडौँ , १० माघ खोज मिडिया । विगत दुई दिनदेखि विभिन्न मिडियामा आइरहेको समाचारलाई (नक्कली स्यानिटाइजर विक्री गर्ने प*क्रा*उ) गलत भएको कार्यकल्प उद्योगले दाबि गरेको छ।
समाचारमा उल्लेख भएअनुसार कार्यकल्प आवुर्वेद फर्माकी सञ्चालिका भनिएकी रिना ओझा प*क्राउ भन्ने कुरा गलत रहेको कम्पनीको भनाइ रहेको छ । रिना ओझा फार्मेसीसँग सम्बन्धित व्यक्ति नै नभएको हुनाले प*क्राउ परेको भन्ने आधारवि*हीन तथ्य गलत थियो । कम्पनीले जनाएको छ।
घरेलु तथा साना उद्योगमा दर्ता भएको यस कम्पनीले रि-प्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिन्ट त्रु*टी भएको थियो। केही लेवलहरुमा इथानोल हुनुपर्नेमा मिथानोल भएको कारणले औषधी व्यवस्था विभागले परीक्षणका लागी प्रयोगशालामा लागिएको छ ।
प्रिन्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नर्पन कम्पनीले आग्रह गरेको छ। साथै कम्पनीको ल्याव परीक्षण रिपार्टअनुसार इथानल अल्कोहल नै रहेको हुँदा यसको प्रयोगमा कुनै शंका नगर्नु समेत अनुरोध गरेको छ । लेवलमा प्रिन्ट त्रुटी भएका स्याम्पल कम्प्नीले बजारबाट उठाइरहेको जानकारी गराएको छ।





प्रतिक्रिया दिनुहोस