रामेछाप जिल्लामा मिस्टर एण्ड मिस मोडल सिजन-३ र लिटिल मोडल अफ सिजन-२ हुँदैै
955 Views
रोमन लामा (क्षितिज)
रामेछाप ६ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लामा Mister and Miss model of Ramechhap को सिजन-३ र लिटिल मोडल अफ रामेछाप सिजन-२ प्रतियोगिता हुने पक्का भएको छ । जिल्लाभित्र लुकेर रहेका प्रतिभाहररूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन ध्येयका साथ किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फाल्गुण १ गतेदेखि आवेदन फारम खुलिसकेको बताउनुभयो । उहाँले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगिहरुलाई मन्थलीमा तयारी प्रशिक्षण प्रदान गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मकाले Mister and Miss model of Ramechhap को सिजन-३ मा र ६ वर्षदेखि १३ वर्षसम्मकाले लिटिल मोडल अफ रामेछाप सिजन-२ मा सहभागि बन्न पाउनेछन् ।
व्यवस्थापक खड्काले विगत तीन वर्षदेखि रामेछाप जिल्लामा यो प्रतियोगिता गर्दै आएको र पछिल्लो समय Mister and Miss मोडलमा भन्दा पनि लिटिल मोडलमा सहभागिहरुको क्रेज बढेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्पर तथा क्राउन ट्रफिबाट सम्मानित गरिने र सर्वोकृष्ट प्रतिभालाई म्युजिक भिडियो खेल्ने अवसर पनि प्रदान गरिने जानकारी व्यवस्थापक खड्काले खोज मिडियासँग बताउनु भएको छ।





प्रतिक्रिया दिनुहोस