प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन
525 Views
रुपन्देही,२० माघ खोज मिडिया । किसानका माग सम्बोधन गर्न सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला द*ह*न गरि वि*रोध प्रदर्शन गरेको छ ।
रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दहन कार्यक्रममा प्र*हरीले ह*स्त*क्षेप गरेको थियो, तर कसैलाई प*क्राउ भने नगरेको जिल्ला प्र*हरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र समयमै मल र बिउको उपलब्ध हुनुपर्ने लगायतका मागहरू लिएर आन्दोलन जारी रहेको बताएको छ । उनले भर्ने हाम्रो मागहरू सरकार सम्बोधन नगरेसम्म हामी सडक आन्दोलनमा नै हुन्छौ ,।
पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई किसानका समस्या,नागरिकता समस्यालगायतका मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको थियो । यस अघि रुपन्देहीको उक्त क्षेत्रमा पार्टीले ६ दिन सम्म सडक जाम गरेको थियो ।





प्रतिक्रिया दिनुहोस