तेलको भाउ पटक-पटक बढ्यो अब गाडी चलाउन सकिँदैन “यातायात व्यवसायी”
463 Views
काठमाडौँ, १९ माघ खोज मिडिया । नेपाल आ*यल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पे*ट्रोल र म*ट्टि*तेलको मूल्य बढाएको छ । यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका हुन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले तेलको भाउ पटक-पटक बढाइरहँदा व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेकोयातायात व्यवसायीहरु बताउँछन्।
“असारमा भाडा समायोजन भएपछि नै तेलको भाउ १६ रुपैयाँले बढिसकेको छ तर हामीले त्यही भाडामा यात्रु ओसारिरहेका छौँ। यो त अत्याचार भयो थेगिनसक्नु भयोभन्दै गुनासो समेत पोखाएका छन ।
आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको थियो । यसरीनै अब पे*ट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक सय २५ रुपैयाँ कायम रहेको छ।
त्यस्तैगरी, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर एक सय अमेरिकी डलर बढाइएको जनाएको छ। ग्या*सको मूल्य भने यथावत राखेको निगमले जनाएको देखिन्छ । यति हुँदा समेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋ*ण लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले बताएको छ ।
सरकारले कर घटाएर जनतालाई सहुलियत दिनुपर्ने महासचिव सरोजको भनाइ रहेको छ। उनले थप प्रश्न गर्दै भने! “यति धेरै पटक मूल्य बढाइरहँदा पनि निगम जहिल्यै घा*टामा छ। कहिलेसम्म निगम घा*टामा जाने हो?”





प्रतिक्रिया दिनुहोस