तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ,
616 Views
काठमाडौँ,१८ माघ खोज मिडिया । हाल देशमा पश्चिमी वा*युको आंशिक प्र*भाव रहेको छ। उक्त मौसमी प्रणालीको प्र*भा*वले बुधबार रातिदेखि मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल पहाडी भू-भागमा आंशिक ब*दली रही तराईका भू-भागमा हु*स्सु–कु*हिरो लागिरहेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ १९ गते (बुधबार):
दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ।
मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ माघ २० गते (बिहीबार):
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा हल्का वर्षाको सम्भावना छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश प्रदेशमा सामान्य बदली रहनेछ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही भू-भागमा मेघ गर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।





प्रतिक्रिया दिनुहोस