को*रोना सं*क्रमि*तलाई निशुल्क उपचार गरेको दा*बी गर्दै मेडिकल कलेजले सरकारसँग “१२ करोड” माग
530 Views
काठमाडौँ, १८ माघ खोज मिडिया । को*रो*ना सं*क्रमि*त भएर उपचार गराएका बि*रा*मीहरूले चितवनका मेडि*कल कलेजहरूले आफूसँग उपचार खर्च लिएर सरकारसँग पनि शोधभर्नाका लागि दा*बी गरेको गुनासो गरेका छन् ।
सरकारले गत वैशाखदेखि असार १५ गतेसम्म को*रोना सं*क्रमि*त बिरामीको नि:शुल्क उपचार गर्ने सम्झौता चितवनका दुई मेडिकल कलेजहरूसँग गरेको थियो। उक्त सम्झौताअनुसार चितवन मेडिकल कलेजले ९ सय ६६ र पुरानो मेडिकल कलेजले १ सय ७६ जना को*रो*ना सं*क्रमि*तहरूको उपचार गरेका थिए।
ती बि*रा*मीहरूलाई उपचार गरेबापतको रकम शोधभर्ना गरिदिन दुई मेडिकल कलेजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका छन्।
मन्त्रालयले भने रकम सिधै शोधभर्ना नगरी जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र लेखेर वैशाखदेखि असार १५ गतेसम्म उपचार गराएका को*रो*ना सं*क्रमि*त बि*रा*मीहरूको नि:शुल्क उपचार भए*नभएको छानबिन गरी पठाइदिन आग्रह गरेका छन ।
सोही पत्रका आधारमा प्रशासनले दुई मेडिकल कलेजहरूले उपचार गराएका को*रो*ना सं*क्रमि*त बिरामीहरूको सूची नै सार्वजनिक गरेर नि:शुल्क उपचार भए*नभएको उ*जुरी वा गु*नासो भए प्रमाणसहित निवेदन दिन आ*ह्वान समेत गरेका छन ।
सूचनापछि उक्त समयमा को*रोना सं*क्रम*ण भएर उपचार गराएका बिरामीहरू उ*जुरी गर्न प्रशासन कार्यालय पुगेका थिए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार तोकिएको समयभित्र १० जनाले उजुरी दर्ता गरेका छन्। १० वटै उजुरी चितवन मेडिकल कलेजविरूद्ध परेको उनले बताए। उ*जुरी दर्ता गर्नेले मेडिकल कलेजले आफ्नो उपचारमा छुट नगरेको दा*बी गरेका छन्।
“आफूसँग उपचार खर्च लिएको र सरकारसँग पनि पैसा मागेको थाहा पाएको भन्दै उपचार खर्च फिर्ता गर्नुपर्यो भनेर उजुरी दर्ता भएका छन्।” पौडेलले भने! (ती उ*जुरी उपर छानबिन चल्दैछ।)
“वीरगञ्जमै को*रो*ना सं*क्रम*ण पुष्टि भएपछि केही दिन वीरगञ्ज हेल्थ केयरमा उपचार गराई चितवन आएर सिधै आइसियूमा मेरो उपचार सुरू भयो। १७ दिनमा म आ*इसि*यूबाटै डि*स्चार्ज भएँका थिए । न्यौपानेले भने, “उपचारकोमात्रै ८ लाख रुपैयाँभन्दा बढी बुझाइयो। औषधीको डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भयो।”
उनले १७ दिन उपचार गर्दा सरकारले उपचारमा छुट दिन्छ भन्ने आफूले जानकारी नपाएको बताए । “बरु स्टाफहरूले जति बढी बस्यो उति बेड चार्ज बढ्छ भन्थे ।” उनले भने! ख*र्च बढ्न थालेपछि आ*इसि*यूबाट अर्को वार्डमा नगई घर फर्किएको थिएँ।” प्रशासनले उ*जु*री दिन सूचना जारी गरेपछि बाराबाट चितवन आइपुगेको न्यौपानेले बताएका छन ।
भरतपुरका कृष्ण भण्डारी को*रो*ना सं*क्रम*ण भएपछि चितवन मेडिकल कलेजको एसडियूमा ६ दिन/ ८ दिन आइसियूमा र २३ दिन भे*न्टिलेटरमा रहेका थिए । उनले उपचार खर्चबापत ५ लाख ८२ हजार ७ सय ८० रुपैयाँ बुझाएका छन । औ*षधी सहित गरि १३ लाख रुपैयाँभन्दा बढी बुझाएको बताएका छन ।
मे*डिकल कलेजले उनको उपचार गराउँदाको ५ लाख ७ हजार रुपैयाँ सरकारसँग सोधभर्ना मागेको छ।आफ्नो उपचारको खर्च मेडिकल कलेजले सरकारसँग मागेको थाहा पाएपछि उनी जिल्ला प्रशासनमा उ*जुरी गर्न पुगेका हुन् ।
“मलाई पहिले मन्त्रालयबाट पनि उपचार खर्च के गर्नुभयो भनेर फोन आएको थियो। आफैंले बुझाएँ भनें। त्यसपछि कुरा के भइरहेको छ थाहा थिएन। प्रशासन कार्यालयले निकालेको सूचनामा मेरो उपचारको खर्च पनि मेडिकल कलेजले सरकारसँग मागेको थाहा पाउँदा छक्कै परें!” भण्डारीले भने ।
भरतपुर–१२ का मानबहादुर रजाली मगर र उनकी श्रीमतीले को*रो*ना सं*क्र*मण भएपछि चितवन मेडिकल कलेजमा उपचार गर्दा १० लाख रुपैयाँभन्दा बढी ख*र्च भएको बताएका छन तर अस्पतालले आफ्नो उपचार नि:शुल्क गरेको भनेर सरकारसँग दा*बी गरेपछि उ*जुरी दिन प्रशासन पुगेको बताएका हुन् ।
पुरानो मेडिकल कलेजमा उपचार गराएका बि*रा*मीको उ*जुरी प्र*शा*सनमा परेको छैन तर यहाँ उपचार गराएका केही बि*रामीका आफन्तले उपचार खर्चमा कुनै छुट नपाएको बताएका छन्। उनीहरूले सूचना प्रकाशन भएको जानकारी समयमै नपाउँदा उ*जुरी गर्न नसकेको बताए।
पुरानो मेडिकल कलेजले त्यहीँ कार्यरत स्वास्थ्यकर्मीहरूको उपचार खर्च पनि सरकारसँग मागेको छ। “अ*स्प*तालले कर्मचारीको उपचार नि:शुल्क गर्यो भनेर खुसी भएको त सरकारसँग माग्न पाइन्छ भनेर पो रहेछ। मेरो उपचार खर्च पनि शोधभर्नाका लागि पठाइएको थाहा पाएँ।” एक स्वास्थ्यकर्मीले भने।
सरकार र मेडिकल कलेजहरूका बीचमा आइसोलेसनमा बसेको प्रतिदिन २ हजार, एचडियूको ३ हजार ५ सय र आइसियू र भेन्टिलेटरमा बसेको १५ हजार रुपैयाँ शोधभर्ना हुनेगरी को*रो*ना सं*क्रमि*तको नि:शुल्क उपचार गर्ने सम्झौता भएको थियो।
उक्त सम्झौताअनुसार उपचार गरेको दा*बी गर्दै चितवन मेडिकल कलेजले १० करोड ९५ लाख ८ हजार र पुरानो मेडिकल कलेजले करिब एक करोड रुपैयाँ बराबरको उपचार नि:शुल्क गरेको दा*बी गर्दै शोधभर्ना मागेको छ।
चितवन मेडिकल कलेजले ५२ दिन भेन्टिलेटरसहित ५६ दिन उपचार गरेको बि*रामीको ८ लाख ४० हजार रुपैयाँसम्म माग गरेको छ। अन्य केही बि*रा*मीको उपचार खर्च पनि ८ लाख रुपैयाँ भन्दा बढी मागेको छ। १२ जना बि*रा*मीको उपचार खर्च ५ लाख रुपैयाँ भन्दा बढी लागेको विवरण उसले बुझाएको छ।
कलेजले भने बि*रामीले तिरेको खर्च को*रोना सं*क्र*मण हुनुअघि र ने*गेटिभ नतिजा आएपछिको भएको दा*बी गरेको छ। दोहोरो शुल्क लिएको कुरा गलत भएको अस्पतालले बताएको छ।
पुरानो मेडिकल कलेजले एउटा बिरामीको अधिकतम दुई लाख ७० हजार रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना मागेको छ। यस मेडिकल कलेजले उपचारमा बढी पैसा लिएको भनेर गत वर्ष पनि जिल्ला प्रशासन कार्यालयमा उ*जु*री परेको थियो।

उक्त उ*जु*री माथि छा*नबि*न गरेर प्रतिवेदन केन्द्रमा पठाइसकेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले दुई मेडिकल कलेजले दा*बी गरेको शोधभर्नाको सम्बन्धमा उ*जु*री दर्ता नगर्नेको हकमा पनि अनुसन्धान भइरहेको जनाएको छ। उ*जुरी परेका कागजातहरू सबै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने प्रशासनले जनाएको छ।
बाराको सिमारा घर भएका ४२ वर्षीय केशव न्यौपानेले १७ दिन चितवन मेडिकल कलेजको आइसियूमा उपचार गराएका थिए । त्यसबापत ८ लाख रुपैयाँभन्दा बढी बुझाएको बिल उनीसँग छ। तर मेडिकल कलेजले सरकारसँग उनको उपचार गर्दाको २ लाख ५५ हजार रुपैयाँ शोधभर्ना मागेको छ।





प्रतिक्रिया दिनुहोस