काे*राे*ना वि*रुद्धकाे खोप नलगाएकालाई मनाङमा प्रतिबन्ध
659 Views
मनाङ्ग ,१७ माघ खोज मिडिया । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्र*ति*बन्ध लगाएको छ ।
जिल्ला को*भिड-१९ सं*क्रम*ण व्यवस्थापन समिति, जिल्ला वि*पद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ ।
शनिबारसम्म शुन्य सं*क्रमि*त रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा को*रोना सं*क्र*मण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताएका छन ।
मनाङमा को*भि*डको सं*क्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थीत तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताएका छन ।
मनाङ प्रवेश गर्ने नासों गाउँपालिका १ तालडाडाँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्र*जि*अ आचार्यले बताएका छन ।
यस्तै मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश नि*षेध गरिएको छ । मनाङमा बाह्य जिल्लाबाट सं*क्रमि*त आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाई रहेको छ ।
उनका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । मनाङका कर्मचारी र स्थानियलाई सम्बन्धीत स्थानिय तहले खोपको व्यवस्था गरिने बताएको छ । मनाङमा को*रो*नाको दोस्रो लहर सुरु भएका २ सय २३ जना को*रो*ना सं*क्रमि*त भएका छन् । यीमध्ये ४ जनाको मृ*त्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस