अनलाइन जुवा “बिङ्गो” खेल्ने ७४ जना र खेलाउने मेनेजर प*क्रा*उ मुख्य संचालक फ*रा*र
765 Views
काठमाडौँ, १७ माघ खोज मिडिया । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्र*ह*रीले छा*पा मारेर अनलाइन जु*वा (बि*ङ्गो) खेल्ने ७४ जनालाई प*क्रा*उ गरेको छ ।
पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर रहेको छ । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जु*वाका मेनेजर हुन् भने मुख्य सञ्चालकचाहिँ फ*रार छन् ।
जु*वा खेलाडीहरुलाई “बिङ्गो” एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्र*हरी परिसर काठमाडौं र महानगरीय प्र*हरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो । बिङ्गो, खेल्नुअघि १५ वटा नम्बर भएको टि*कट काट्नुपर्छ । बिजेतालाई खेलाउने व्यक्तिले निश्चित रकम पुरस्कार दिन्छन् ।
मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई प*क्रा*उ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन । रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ थिए । को*भिड–१९ प्रो*टोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने उनीचाहिँ फरार छन् ।
बिजेताले कति पुरस्कार पाउँछन् भन्ने पहिले नै तोकिएको हुन्छ । बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्र*हरी परिसर काठमाडौंले बताएको छ ।





प्रतिक्रिया दिनुहोस