एक साता एता कोरोना संक्रमर्ण दरको प्रवृति घट्दो क्रममा
473 Views
काठमाडौँ , १७ माघ खोज मिडिया । पछिल्ला एक साता देखि नेपालमा को*रो*ना स*ङ्क्र*मण घट्दो अवस्थामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा को*रोना स*ङ्क्र*मण पुष्टि भएको थियो।
पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो सातामा सं*क्रम*ण दर ५.६ प्रतिशतले घटेको छ। इपि*डियोमो*लिजी तथा रोग निय*न्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेल नेपालमा को*रोना संक्र*मण दर क्रमिक रूपमा घट्दै गएको बताउँछन्। उनका अनुसार पछिल्लो समय भी*डभाड*जन्य गतिविधि कम भएकाले सं*क्रमण दर घट्दै गएको जनाएको छ ।
जोर-बिजोरको धेरै आलोचना भए पनि आवगमन कम भएको हो । ठूला भेलाहरू पनि कम भएकाले त्यो कुराले काम गर्यो । निर्देशक पौडेल भन्छन्, अर्को कुरा परीक्षण कम भए पनि गरिएकामध्येमा पोजेटिभ देखिने दर घट्दै गएको छ। उनले सरकारको प्रक्षेपण पनि यो सातामा संक्रमण उत्कर्षमा पुगेर घट्दै जाने रहेको जनाए।
(सरकारको प्रक्षेपण पनि यही साता उत्कर्षमा पुगेर कम हुँदै जान्छ भन्ने थियो। त्यसैले अब ठूला भेलाहरू भएनन् भने योभन्दा ह्वात्तै बढी नजाला, उनले भने।) निर्देशक पौडेलले अहिलेसम्म अस्पतालको स्थिति पनि ठिकै रहेको हुँदा ख*राब स्थितिको सामना गर्नु नपर्ने बताएका छन । त्यसका लागि सर्वसाधरणले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ। आवगमनको यही स्थिति केही समय रहे सं*क्रमणदर विस्तारै घट्दै जाने उल्लेख गर्दै पौडेलले सर्वसाधरणले यो कुरालाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन ।
अहिल्यै नै सं*क्रमण घट्दै गएको भनेर ढुक्क हुने स्थिति भने नरहेको उनको भनाइ छ। किनभने अहिले संक्र*म्र्ण परीक्षण गर्यौं भने ३५ देखि ४० प्रतिशत संक्र*मण दर अझै पनि छ। त्यो भनेको थोरै होइन। अर्को कुरा अहिले धेरै जनाले एन्टिजेन परीक्षण गरेका छन् र त्यो सबैको रिपोर्ट भएको छैन।’
स्वास्थ्य मन्त्रालयबाट सूचीकृत नभएका प्रयोगशालाहरूबाट पनि कोरोना परीक्षण हुने गरेको जनाएको छ । को*रोना परीक्षण गरिएका तथ्याङ्कहरू सरकारलाई पठाउन मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौसल मिश्राले बताइन्। को*रोना महा*मारी नियन्त्रण तथा व्यवस्थापन गर्न परीक्षण गर्नेहरुको आँकडा आवश्यक पर्ने भएकाले सबै संघ संस्थालाई आग्रह गरेकी छन् । यस्तै, घरमा आफैले एन्टिजेन विधिबाट गरेका परीक्षणको जानकारी समेत पठाउन उनले आग्रह गरिन्। यस्तोमा संख्या बढ्न सक्छ।
जति परीक्षण गरिएका छन्, त्यसबाट पोजेटिभ हुने संख्या घट्दै गएको उल्लेख गर्दै पौडेलले अब संक्रमण दर घट्दै जाने विश्वास व्यक्त गरे। यही स्थितिमा संक्रमण दर घट्दै गए माघ अन्तिमदेखि अवस्था राम्रो हुने देखिन्छ। त्यसका लागि भीडभाडजन्य गतिविधिलाई रोक लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। सरकारले भी*डभा*डजन्य गतिविधिलाई कडाइ गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण पालना हुन नसक्दा संक्रमणको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ।
नेपालमा लागि माघ तेस्रो सातासम्म सं*मणको जोखिमको हिसाबले अप्ठेरो स्थिति रहेको हुँदा यो बीचमा झन् सतर्कता अपाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। अघिल्लो साता नेपालमा गरिएको १ लाख १६ हजार ६ सय १३ पिसीआर परीक्षणमा ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। गत माघ ६ गते २७ हजार ४ सय ९७ को परीक्षण गर्दा नेपालमा को*रोनाभा*इरस सङ्क्र*मण पुष्टि भए यताकै सबैभन्दा धेरै १२ हजार ३ सय ३८ जनामा पुष्टि भएको थियो। मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोरोना सङ्क्र*मितको ग्राफ ओरालो लागेको देखिन्छ।
माघ १२ गते अर्थात् बुधबार को*रोना स*ङ्क्र*मितको सङ्ख्या ८ हजार ४५४ थियो। बुधबार २० हजार ३ सय ५९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै बिहीबार २१ हजार ८ सय ८ परीक्षणमा ८ हजार १७ जनामा सङ्क्र*मण पुष्टि भएको थियो।
शुक्रबार १९ हजार ८ सय ६९ जनाको परीक्षणमा स*ङ्क्र*मितको सङ्ख्या घटेर ६ हजार ८ सय २७ पुग्यो। क्रमशः १५ गते १४ हजार ५ सय ६२ परीक्षणमा ४ हजार ९ सय ४ र १६ गते १३ हजार १ सय ४५ परीक्षणमा स*ङ्क्र*मितको सङ्ख्या घटेर ३ हजार ५ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएका छन ।
यो साता गरिएको १ लाख १ हजार ३११ परीक्षणमा ४२ हजार ५ सय ४६ जनामा सं*क्रमण पुष्टि भएको छ। अर्थात यो साताको संक्रमणदर ४२ प्रतिशत छ। जुन अघिल्लो साताको भन्दा ५.६ प्रतिशतले कमि देखिन्छ ।
यता गत साता गरिएको ३२ हजार ९ सय ९६ एन्टिजेन परीक्षणमा ११ हजार ८०० जनामा संक्रमण पुष्टि भएको थियो। यो साता २०.७ प्रतिशतले एन्टिजेन परीक्षण वृद्धि गरेर ३९ हजार ८३४ जनाको परीक्षण गरिएको थियो। जसमा १४ हजार ३ सय ९५ अर्थात ३६.१ संक्र*मण दर रहेको मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस