महमा अ*खा*द्य तत्व मिसाई व्यवसाय गर्नेलाई का*रवा*हीको माग
474 Views
काठमाडौँ खोज मिडिया १५ माघ । नेपालमा उत्पादन महको पहिचान गुम्ने गरी ना*जाय*ज मु*ना*फा लिने उद्देश्यले अ*खा*द्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो “सिआइबी” ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले आग्राह गरेको छ ।
आर्थिक उपार्जन/ रोजगारी सिर्जना/ जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्याई एग्रीकल्चर/ हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई विविध गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले ग*म्भी*र हुनुपर्नेमा सङ्घले आग्रह गरेको छ ।
सि*आइ*बीले काठमाडौँ महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अ*खा*द्य तत्व मिसाई मह भनी अ*खा*द्य वस्तु वि*क्री वि*तरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको कारोवार गर्ने व्यवसायीलाई उत्साहित गरेको सङ्घले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।
व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याई सजाय दिलाउनसमेत सङ्घले विज्ञप्तिमार्फत माग गरेको छ । महको गुण र फाइदाबारे सही जानकारी दिनु पर्नेमा सो विषयलाई लिएर केही सञ्चार माध्यमले नकारात्मक प्रचारप्रसार गरेको हुँदा त्यसले मौरी र मह व्यवसायी, व्यवसायमा संलग्न कृषक र उपभोक्तामा पर्न गएको भ्र*मप्रति सङ्घको ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा केही सञ्चार माध्यममा महबाट क्या*न्सर समेत हुन्छ भनी भ्र*मपूर्ण समाचार प्रचार*प्रसार हुनु दुः*खद् कुरा भएको भन्दै यस्ता भ्रामक र नकारात्मक प्रचारले सिङ्गो मौरीपालन व्यवसाय, मह व्यवसायी र यसमा संलग्न कृषकलाई धक्का पुगी उपभोक्तामा मह सेवन गर्न नै शङ्का उत्पन्न भएकामा चिन्ता व्यक्त गरिएको थियो ।
गु*णस्त*रीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न र ग*लत क्रियाकलाप गर्नेमाथि कडा कार*वाहीको माग गर्दै सङ्घले कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवसहित मन्त्रालयका सचिव तथा कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल उद्योग वाणिज्य महासङ्घलाई समेत ज्ञापनपत्र बुजाएको छ ।
ज्ञापनपत्रमा कृषकको ठूलो लगानी रहेको मौरीपालन व्यवसायलाई धरासाही हुनुबाट जोगाउन, बजारमा बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी बिक्री वितरण रोक्न, गुणस्तरीय मह उत्पादन गर्ने र लेबललाई अध्यावधिक गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न तथा उपभोक्तामा गुणस्तरीय मह पहिचान गरी मह सेवन गर्ने वातावरण सिर्जना गर्न माग गरिएको हो ।





प्रतिक्रिया दिनुहोस