सार्वजनिक सवारीमा जोरबिजोर हटायो
847 Views
काठमाडौं, माघ १५ खोज मिडिया । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात साधान ‘बस माइक्रो र टेम्पु’ मा जोरविजोर प्रणाली हटाइएको छ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहित शुक्रबार बसेको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको बताएको छ । यद्यपि निजी सवारी साधान “दुई पाङ्ग्रेसहित” ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ. तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू नहुँने बताएका छन ।
खा*द्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने बताएका हुन् ।
निर्माण सामग्री बोक्ने सवारीसाधन “चालक सहचालक मात्र” सञ्चालन गर्न पाइने भएको छ । परिचयपत्रको आधारमा बैंक/ बीमा/ वित्तीय संस्था/ वायुसेवा/ कम्पनी/ डाँक तथा कुरियर सेवा/ दूरसञ्चार/ सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
त्यसैगरी सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।
सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मा*पद*ण्ड पालना गर्ने भनिएको छ भने लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला को*भिड–१९ स*ङ्क*ट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउनु पर्ने बताएको छ ।





प्रतिक्रिया दिनुहोस