समयमा तलब नपाएको भन्दै लहानका शिक्षकहरू आन्दोलित
649 Views
सिरहा ११ माघ । सिरहाको लहान नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् । चालु २०७८र०७९ को साउन महिना देखि हाल सम्म नगरपालिकाले आफूहरूको तलब नपठाएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन । आज कार्यालयको समयमा नगरपालिका घेराउ गरी शिक्षकहरूले धर्ना तथा आन्दोलनका कार्यक्रम गरेका थिए ।
ज.मा.वि. सोनमती गाढा, पशुपति आदर्श मा.वि. लहान , सरस्वती आ.वि. गाढा , आ.वि. ब्रहम्हान गोर्छारी , आ.वि. चम्पापुर लगायत ५ वटा स्कुलको करिब १ सय ५० जना शिक्षक, ५९ जना कार्यालय सहयोगी र ५६ जना बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूले तलब नपाएको एक जना प्रधानाध्यापक नारायण प्रसाद साहले बताउनु भएको छ।
नगर क्षेत्रभित्र ६० वटा सामुदायिक विद्यालय रहेकोमा ५ वटा विद्यालयको शिक्षकहरूले तलब नपाउनु लहान नगरपालिकाका नगर प्रमुख मुनी साह सुडीको राजनीतिक प्रतिशोध भएको शिक्षकहरूको आरोप छ ।





प्रतिक्रिया दिनुहोस