बाँकेमा बाघले तिन महिनामा तीन जनाको ज्यान लियो
498 Views
राप्तिनारी, २३ पुस खोज मिडिया । बुधबार राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आ*क्र*मण गरेको छ। बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ। केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झ*म्टेको थियो।
बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घ*ट*नास्थलमा जाँदा बाघले विष्टलाई खा*इरहेको अवस्थामा भेटिएको बाँके प्र*हरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन ।
उनका अनुसार प्रहरी घ*टना*स्थल पुग्दा बा*घले मान्छेलाई खाइरहेको थियो। होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर श*व लिएर आएको थियो। राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आ*क्रम*ण बढेको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताए। उनले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिएका छन ।
बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ। पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए।





प्रतिक्रिया दिनुहोस