पछिल्लो समयमा भारतमा को*रो*ना सं*क्रम*ण तिब्र रूपमा फैलिदै
532 Views
काठमाडौँ, २३ पुस खोज मिडिया । अहिलेको पछिल्लो समयमा भारतमा को*रो*ना सं*क्रम*ण तिब्र रूपमा फैलिदै छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९ सय २८ नयाँ सं*क्रमि*त फेला परेका छन् । यो अघिल्लो दिनको तुलनामा ५६.५ प्रतिशतले बढी हो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय सं*क्रमि*तको संख्या बढेर २ लाख ८५ हजार ४ सय १ पुगेको देखिन्छ । पछिल्लो २४ घन्टामा १९ हजार २ सय ६ जना सं*क्रम*णमुक्त भएका छन्। यस्तै २४ घन्टामा थप ३२५ जना को*रो*ना संक्र*मितको मृ*त्यु भएको छ।
मन्त्रालयका अनुसार भारतको महाराष्ट्र/ पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक सं*क्र*मित फेला परेका छन् । महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा २६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये मुम्बईमा मात्र २० हजार भन्दा बढीमा सं*क्रम*ण पुष्टी भएको छ। बिहिबार मुम्बईमा २० हजार १ सय ८१ जनामा को*रो*ना सं*क्रम*ण पुष्टि भएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा करिब ५ हजारले बढी रहेको छ । यसबीचमा मुम्बईमा ४ जनालाई ज्यान गएको छ।
मुम्बईमा लकडाउन हुने सम्भावना बढेको देखिन्छ । यसअघि मुम्बईमा दैनिक सं*क्रम*ण २० हजार नाघे लकडाउन गर्ने राज्य सरकारले बताउँदै आएको हो । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेका अनुसार महाराष्ट्रमा लकडाउन लगाउने विषयमा मुख्यमन्त्री उद्धव ठाकरेले आज निर्णय गर्नेछन्। बिहिबार यस विषयमा गम्भीर छलफलसमेत भएको थियो।
मुम्बई महानगरपालिकाका अनुसार कोरोना संक्रमितमध्ये करिब ८५ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण पुष्टि भएका मध्ये बिहिबार मात्र ११७० जनामा लक्षण देखिएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १०६ जनालाई अक्सिजन आवश्यक परेको महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ। यो सँगै मुम्बईमा मात्र सक्रिय सं*क्र*मितको संख्या करिब ८० हजार नाघेको छ भने राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घन्टामा स*क्रमि*त दर १५ प्रतिशतले बढेको छ।
दिल्लीमा बिहिबार १५ हजारभन्दा बढीमा सं*क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा १५ हजार ९७ जनामा सं*क्रम*ण पुष्टि भएको छ। यसबीचमा ८ जनाको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा पछिल्लो मे ८ यताकै सर्वाधिक संक्र*मण हो।
यो सँगै दिल्लीमा सक्रिय सं*क्र*मितको संख्या ३१ हजार ४ सय ९८ पुगेको छ। यो संख्या करिब साढे ७ महिनापछि सबैभन्दा बढी हो। यस्तै पश्चिम बंगालमा पनि को*रो*ना सं*क्र*म*ण तिब्र रूपमा फैलिएको छ। पछिल्लो २४ घन्टामा पश्चिम बंगालमा १५ हजार ४ सय २१ जनामा को*रो*ना पुष्टि भएको छ। यस्तै १९ जनाको ज्यान गएको छ। यहाँ को*रो*नाका संक्रिय सं*क्रमि*त ४१ हजार नाघेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस