बैतडीका युवकको मलेसियामा मृत्यु
1056 Views
बैतडी,खोज मिडिया १ कार्तिक । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृ*त्यु भएको हो ।
बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृ*त्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृ त कको आजै पोष्टमार्टम गरिने उनले बताए ।
पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृ त क जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्या न्सर पुष्टी भएको थियो ।





प्रतिक्रिया दिनुहोस