बैतडीमा एकजना भारतीय पुरुष मृ*त फेला
493 Views
बैतडी, खोज मिडिया ३० असोज । बैतडीमा एकजना भारतीय पुरुष मृ*त फेला परेका छन् । मृ*त फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दु र्घ ट ना हुँदा बे प त्ता भएका थिए ।
उनको श*व शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थित महाकाली नदि किनारमा भेटिएको हो । मृ त क ज्यालाको श*व अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए ।





प्रतिक्रिया दिनुहोस