ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा लडेर मृ*त्यु
765 Views
खोटाङ, ३० असोज, खोज मिडिया । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृ*त्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृ*त्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।





प्रतिक्रिया दिनुहोस