दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता
1069 Views
काठमाडौं,खोज मिडिया २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दु र्घ टनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दु र्घ टनामा मृ त्यु भएका मृ त कका परिवारलाई उचित राहत र घा इतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुगुमा मंगलबार बस दु र्घ टना हुँदा ३२ जनाको ज्यान गएको थियो । दु र्घट नामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवाले सडक दु र्घ टना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् । उनले सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।





प्रतिक्रिया दिनुहोस