तामाङ्ग समुदायको म्हेनिङ्गमा कास्कीका वाईबा खलक दाजुभाईद्वारा खेप्पास्हूङ्ग सामुहिक तवरमा
626 Views
कास्की , खोज मिडिया २७ असोज । “आप्पा थोर्सम ह्रुई थोर्ला , आमा थोर्सम ग्योई थोर्ला” भन्ने विषयलाई मध्यनजर राखी म्हेनिङ्गको अवसरमा वाईबा भाईखलक कास्कीद्वारा आयोजित सामुहिक खेप्पास्हुङ कार्यक्रम (पुजा) सम्पन्न गरिएको छ ।
लामा बोन्बो ताम्बा, गान्बा, ब्रिखेन ,लमजुङ राइनास नगरपालिकाका वाईबाखालक साथै यस पोखरा क्षेत्रका अभियन्ताहरु, महिला समाजसेवी पत्रकारहरुको राम्रो जमघट रहेको कार्यक्रममा पहिलो पुजाविधि आख्खेपुजा बोन्बो अमरबहादुर वाईबाले गर्नुभएको थियो ।
कार्यक्रमको चोहो असोज २६ गतेका दिनमा संयोजक बिले वाईबाले गर्नु भएको थियो । उक्त कार्यक्रमको सन्चालन मिनमाया डुम्जनले गर्नुभएको हो ।
वाईबा ह्रुई सम्बन्धि संक्षिप्त विवेचन दिपक वाईबा र म्हेनिङको विषयमा धनप्रसाद डुम्जनले गर्नुभएको थियो ।
सो कार्यक्रममा वाईबा खलकको सम्पूर्ण दाजुभाईहरुको लगभग एकसय जना भन्दा बढी सहभागिता थिए ।





प्रतिक्रिया दिनुहोस