धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते
944 Views
काठमाडौं खोज मिडिया २६ असोज । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दु र्घ टना हुँदा चार जना घा इते भएका छन् ।
मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दु र्घ ट ना भएको हो । जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दु र्घ टना भएको प्रहरीले जनाएको छ ।
दु र्घ टनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।





प्रतिक्रिया दिनुहोस