मोरङमा बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ
776 Views
मोरंग , खोज मिडिया २५ असोज । मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लु*ट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले प*क्राउ गरेको छ ।
सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लु*टेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।
गो*ली लागी घा*इते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस