तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु
637 Views
तनहुँ, खोज मिडिया २५ असोज । चि*तुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृ*त्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चि*तुवाले आक्रमण गर्दा मृ*त्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ । उनको श*व जंगलमा फेला परेको हो ।
बालिकाको घाँ*टीमा चो*ट देखिएको वडा अध्यक्ष लामिछानेले बताए । तनहुँमा चार वर्षदेखि चितुवाको आ*क्रमण बढेको छ । १ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्या*न गुमाएका छन् ।





प्रतिक्रिया दिनुहोस