घरभित्रै मृत फेला परे पूर्णबहादुरको हत्या संकास्पद
386 Views
रोल्पा ,खोज मिडिया २५ असोज । रोल्पामा एक व्यक्ति मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घरभित्र सोमबार बिहान ११ बजे श*व फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले घ ट ना अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको बताए। ‘मृ*त*कको घाँ*टीमा धारिलो ह*ति*यारले रे*टेको देखिएको छ,’ सुवेदीले भने, ‘नेपालगञ्जबाट कुकुर आउन लागेको हुँदा अहिलेसम्म हामीले घटनास्थल टाढैबाट घेरेर सुरक्षित राखेका छौं।’
कुकुर आइनपुग्दासम्म घ*ट*नास्थलमा मानिसको आवातजावात गर्न नदिने उद्धेश्यले प्रहरी पनि टाढै बसेको उनले बताए। ह*त्या गरिएका व्यक्ति घरमा एक्लै बस्दै आएको खुल्न आएको डिएसपी सुवेदीले बताए।
‘दुई छोरा विदेशमा र एक छोरा काठमाडौंमा बस्ने गरेको कुरा खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘बुढाका दुई श्रीमती रहे पनि १०/१२ वर्ष पहिले नै मृ*त्यु भइसकेको खुलेको छ।’
ह*त्या गरिएका व्यक्तिका बुवा/आमा करिब दुई सय मिटर टाढा छुट्टै घरमा बस्दै आएको पनि प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी सुवेदीले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस