साइपालका च्यांग्रा बेच्न पोखरा झरेका जुम्लाका (प्रधानध्यापक)
997 Views
कास्की, खोज मिडिया २५ असोज । पोखरा–बागलुङ सडक खण्डको हेम्जामा च्यांग्राका बथान छन्। च्यांग्राका व्यापारी आ–आफ्नो च्यांग्रा बेच्न समूह-समूहमा बसेका छन्। ग्राहकसँग मोलमोलाई गर्छन्, च्यांग्रालाई अर्को समूहमा जान नदिन थुनछेक गरिरहेका छन्। यही भिडमा जुम्लाका ‘हेडसर’ पनि मिसिएका छन्।
जुम्लाको पातारासी गाउँपालिकास्थित गंगा माविका ३२ वर्षीय हेडसर गोर्ख बुढा हवाई जहाज चढेर पोखरा झरेका हुन्। उनका समूहमा ८ जना छन्। उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए। स्कुल बिदा नभएका कारण आफू ढिला गरी आउनुपरेको गोर्खले बताए।
‘स्कुल बिदा नहुँदा त पढाउनुपर्छ, व्यापार गरेर हिँड्न मिल्दैन,’ गोर्खले भने, ‘दसैं बिदा भएपछि मात्र च्यांग्रा बेच्न पोखरा आएको हुँ।’ विज्ञान विषयमा स्नातक गरेका गोर्ख स्थायी शिक्षक भएको ६ वर्ष बित्यो। यसअघि पनि उनी शिक्षणमै थिए, अस्थायी रूपमा। शिक्षक सेवा आयोगले २०६९/०७० मा खुलाएको विज्ञापनमा उनले प्राथमिक तहका लागि आवेदन दिएका थिए। विराटनगरबाट परीक्षा दिँदा गोर्ख उत्तीर्ण भए, अन्तरवार्तामा नाम निस्केन।
अस्थायी शिक्षककै रूपमा काम गरिरहेका गोर्खले फेरि अर्को परीक्षाको तयारी गरे। २०७१/०७२ मा फेरि शिक्षक सेवा आयोगले विज्ञापन खुलायो। उनले पोखराबाट फर्म भरे, परीक्षा दिए। लिखित र अन्तरवार्ता दुबैमा उत्तीर्ण भए।





प्रतिक्रिया दिनुहोस