गोली लागेर मृत्यु भएका तीन जना गैरसुकुम्बासी
1381 Views
बुटवल,खोज मिडिया २५ असोज । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गो*ली लागेर मृ*त्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेका पाइएको छ ।
गो*ली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ*त्यु भएका तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
मृ*त्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका- ५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले बताए । उनीहरूको श*व भीम अस्पतालमा राखिएको छ ।
आइतबारको झडपमा परी ३१ जना सुरक्षाकर्मीसहित ७४ जना घाइते भएका थिए । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घा*इते भएको जानकारी दिए ।
आइतबार अपराह्न प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए । प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्या*न जोगाउन गो*ली चलाउनुपरेको बताउनुभयो ।
‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्ष*ति हुने अवस्था थियो’, प्रजिअ तिवारीले भने, ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गो*ली चलाउनुपरेको हो ।’
विगत एक सातादेखि मोतीपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन खोजिरहेको थियो । त्यही क्रममा प्रहरीले आफ्नो काम गरिरहेका बेला आइतबार घ*ट*नाले उग्र रूप लिएपछि यस्तो अवस्था आएको प्रशासनको दाबी छ ।
यसैबीच रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घा*इते भएका चार जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
औद्योगिक क्षेत्रको जग्गा अतिक्र*मण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घा*इते भएका थिए । झडपमा परी गम्भीर घा*इते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारू र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस