भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृ*त्यु
489 Views
धनगढी,खोज मिडिया २५ असोज । कैलालीको टीकापुरस्थित प्र*हरी हि*रासतमा एकजना थु*नुवाको मृ*त्यु भएको छ ।
भैंसी चो*रेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृ*त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएकाे अवस्थामा फेला परेको बताए । शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आ*त्मह*त्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
मृ*त*क रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्र*हरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस