झापामा मासु व्यवसायीको ह*त्या
762 Views
झापा,खोज मिडिया २५ असोज । झापाको बिर्तामोडमा एक जनाको ह*त्या भएको छ । बिर्तामोड-५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा-६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गएराति ह*त्या भएको हो ।
इलाका प्र*हरी कार्यालय अनारमनीका प्रमुख प्र*हरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको मासु पसलभित्रै ह*त्या भएको हो । उनको गर्धनमा धारिलो हरियारको चोट रहेको आचार्यले बताए ।
यस्तै, शरिरको अन्य भागमा पनि चोट छ । घटनाबारे जानकारी पाउनसाथ राति १० बजेनै प्रहरी घ*ट*ना स्थलमा पुगेको थियो । श*व पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्र*हरीले जनाएको छ । ह*त्यामा संलग्नको खोजी भइरहेको आचार्यले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस