गुल्मीमा भतिजद्वारा काकीको हत्या
378 Views
गुल्मी, खोज मिडिया २४ असोज । गुल्मीको उर्लेनीमा भतिजले काकीको ह*त्या गरेका छन् ।
काकी रेसुंगा नगरपालिका-१३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज प्रकाश विकले ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।
चिर्पट प्रहारबाट गम्भीर घाइते विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको हो । हत्या आ*रोपित विकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ । आज अबेर भएकाले शवको पोस्टमार्टम मंगलबार गरिने प्रहरी जनाएको छ ।





प्रतिक्रिया दिनुहोस