दोस्रो कौसी क्विनको उपाधि राधालाई
570 Views
काठमाडौं,खोज मिडिया २४ असोज । एनटीएस कौसी क्विन, २०७८ को उपाधि राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रिएसनले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा ललितपुरकी राधाले शीर्ष उपाधिसँगै ५० हजार रुपैयाँ नगद बराबरको कौसी खेतीका सामग्री पुरस्कार प्राप्त गरेकी छन् । उनलाई पहिलो कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराएकी थिइन् ।
प्रतियोगितामा भक्तपुरकी विनिता राजभण्डारी फर्स्ट रनरअप, बनेपाकी विजया मानन्धर सेकेन्ड रनरअप, पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप र तनहुँकी विमला कार्कीले फोर्थ रनरअप बने । उपाधिसँगै उनीहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ बराबरको कौसी खेतीका सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको थियो ।
भक्तपुरकी पुष्प व्यवसायी राधा मताङ्गीलाई ‘फ्लावर क्विन’को उपाधि दिइएको प्रतियोगितामा इजरायली राजदूत हनान गोदेर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र गिरीलगायतको अतिथिको उपस्थिति थियो ।
प्रतियोगितामा देशभरबाट ७५ जना नारीले प्रतिस्पर्धा गरेका थिए । ती सबै प्रतियोगीलाई सान्त्वना स्वरूप एक हजार रुपैयाँ बराबरको पुरस्कारसमेत प्रदान गरिएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस