राकुलले बर्थडेमा चिनाइन् ब्वाइफ्रेन्ड
443 Views
काठमाडौं,खोज मिडिया २४ असोज । बलिउड तथा साउथ फिल्मनगरीमा चर्चित एक्ट्रेसमा पर्ने राकुल प्रीत सिंहले आफ्नो जन्मदिनमा प्रेमीको परिचय गराएकी छन् । उनले आफ्नो ३१औँ जन्मदिनको अवसरमा प्रेमी ज्याकी भग्नानी रहेको खुलाएकी हुन् ।
उनले सामाजिक संजालमा एक फोटो शेयर गर्दै प्रेमीबारे जानकारी दिएकी हुन् । सार्वजनिक फोटोमा राकुलले ज्याकीको हात समातेकी छन् भने दुवै रोमान्टिक देखिएका छन् ।
‘सुन्दरी एक्ट्रेस’को ट्याग पाएकी राकुलले यो फोटो सार्वजनिक गरेसँगै फ्यान चकित भएका छन् । उनले फोटोमा क्याप्सन लेखेकी छन्, ‘थ्याङ्क यु माई लभ । यो वर्ष तिमीलाई मैले जन्मोत्सवको उपहारका रूपमा पाएँ । मेरो जीवनमा खुसीको रङ भरेकामा धन्यवाद । मेरो मुहारमा हाँसो ल्याएकामा तिमीलाई धन्यवाद । अब हामी दुई मिलेर यो यादलाई सँगाल्नेछौँ ।’
उनको यो पोस्टसँगै उनी इन्टरनेटमा भाइरल भएकी छन् । यस अगाडि उनको साउथकै कलाकार राणा डग्गुबातीसँग नाम जोडिएको थियो ।
को हुन् ज्याकी भग्नानी ?
ज्याकी भग्नानी बलिउडका फिल्म निर्माता वासु भग्नानीका छोरा हुन् । उनले सन् २००२ मा ‘रेहना है तेरे दिलमे’ फिल्ममा केमियो गर्दै आफ्नो अभिनयको सुरुवात गरेका थिए । त्यसपछि उनले ‘कल किस्ने देखा’, ‘फाल्तु’, ‘अजब गजब लभ’, ‘रंगरेज’, ‘योगिस्तान’, ‘वेलकम टु कराची’, ‘कार्बन, ‘मित्रो र मोहिनी’लगायतका फिल्ममा काम गरेका छन् ।
पछिल्लो समय उनले अभिनय थाँती राख्दै फिल्म निर्माणमा आफूलाई अगाडि सारेका छन् । पछिल्लो समय उनको प्रदर्शन भएको फिल्म ‘बेल बटम’ हो । यसका साथै उनले सर्ब्जित, दिल जंगली, वेलकम टु न्युयोर्क, जवानी जानेमान, कुली नम्बर १ निर्माण गरिसकेका छन् । उनले महावीर कर्ण र गनपथ पार्ट १ निर्माण गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस