चितवनमा पर्यटक बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
269 Views
चितवन,खोज मिडिया २४ असोज । चितवनमा पर्यटक बोक्ने बसको ठ*क्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानी्त्र्फ् जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट भरतपुर महानगरपालिका–७ विकास चोकमा पैदल हिँडिरहेका बालकको मृ*त्यु भएको हो ।
बसको ठ*क्करबाट बालकको घ*ट*नास्थलमा नै मृ*त्यु भएको हो । प्रहरीले भने घ*ट*नास्थलबाट उद्दार गरेर भरतपुर अस्पताल पुर्याएपछि अस्पतालले मृ*त घोषणा गरेको बताएको छ । प्रहरीले बालकको पहिचान खुलाएको छैन ।
विकास चोक बस्ने ४६ वर्षीया मामाघरकी हजुर आमा सूर्यकुमारी लामिछानेसँग बाटोमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको हो । स्थायी घर माडी भएका बालक मामाघरमा बसेर पढ्दै आएका थिए । दुर्घटना देखेर बालककी हजुर आमा लामिछाने अचेत बनेकी छन् ।
उनको शरीरमा बाहिरी चोट भने नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।





प्रतिक्रिया दिनुहोस