कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ
636 Views
काठमाडौं,खोज मिडिया २४ असोज । महानगरीय प्रहरी अ*परा*ध महाशाखाले २० लाख मूल्य बराबरको पटा*कासहित एक जनालाई प*क्राउ गरेको छ ।
प*क्राउ पर्नेमा बारा गढिमाई-३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् ।
गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्र*हरी टोलीले शनिबार ललितपुर-१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य वि*ष्फो*टक पदार्थ फेला पारेको हो ।
बरामद गरिएको प*टाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । प*क्राउ परेका जैसवाललाई मुलुकी अ*परा*ध संहिता २०७४ को परिच्छेद ७ को वि*ष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।





प्रतिक्रिया दिनुहोस