कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता
728 Views
सुर्खेत,खोज मिडिया २४ असोज । कर्णाली नदीमा डुंगा दु*र्घ*टना हुँदा एकजना बे*पत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बे*पत्ता भएकी हुन् ।
दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दु र्घ ट ना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दु र्घ ट ना भएको रहेछ,’ उनले भने, ‘घ टना थप विवरण आउन बाँकी छ । प्रहरी घ टना स्थलमा पुगेको छ ।’
डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस