जसपाका प्रदेश २ का सचिव झाले दिए पार्टीकाे साधारण सदस्यबाटै राजीनामा
669 Views
सप्तरी, खोज मिडिया २४ असोज । जनता समाजवादी पार्टीको प्रदेश २ को मुख्यसचिव शम्भु झाले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएका छन्।
‘पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिबाट म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु`, राजीनामा घाेषणामा उनले भनेका छन् ।
बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने उनले बताएका छन्।





प्रतिक्रिया दिनुहोस